१२ मंसिर २०८३, शुक्रबार

औषधि पसलमा लागु औषध बिक्री, चार जनालाई पक्राउ

एसीपी संवाददाता

४ असार २०८१, सोमबार १०:५८ मा प्रकाशित

काठमाडौं। काठमाडौंका औषधि पसलमा लागू औषध विक्री हुने गरेको खुलेको छ।

गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट लागू औषध विक्री भइरहेको पाइएपछि प्रहरी वृत्त महाराजगञ्जले चार जनालाई पक्राउ गरेको छ।

गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल पक्राउ परेका हुन्।

बिनिता फार्मेसी सञ्चालक हुन्।  त्यति मात्र होइन प्रहरी प्रभाग कोटेश्वरले कोठाबाट पनि  लागू औषध बरामद गरेको छ। पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भइ काठमाडौं बस्दै आएका दीपेन्द्र ओलीलाई लागु औषधसहित पक्राउ गरिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x