१२ मंसिर २०८३, शुक्रबार

मौसम अपडेटः कोशी प्रदेशको केही स्थानमा भारी बर्षा तथा मधेशमा पूर्णतया बदली लाग्ने सम्भावना

एसीपी संवाददाता

६ असार २०८१, बुधबार ०९:४७ मा प्रकाशित

नेपालको पूर्वी भुभागमा मनसुन सक्रिय भई बर्षा भईरहेको छ भने बाँकी भुभागमा स्थानीय वायु तथा भारतको विहार आसपास बनिरहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, कोशी र मधेस प्रदेशमा पूर्णतया बदली रहने छ । बाग्मती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली  तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेका हुन् ।
कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x