३ आश्विन २०८३, शनिबार

ओलीलाई विश्वप्रकाशको चुनौती: आवेगमा नबोल्नुस्, गिरीबन्धुको फाइल खोल्नुस्

एसीपी संवाददाता

७ असार २०८१, बिहीबार १६:१७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको फाइल खोलेर देखाउन चुनौती दिएका छन्।

बिहीबार नेपाल महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले गिरीबन्धुको जग्गा कांग्रेसले बेचेर खाएको भए फाइल खोलेर प्रमाणित गर्न चुनौती दिएका हुन्।

‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन,’ महामन्त्री शर्माले भने,‘तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल।’

गिरीबन्धु प्रकरणमा एमाले अध्यक्ष ओलीले कांग्रेसले जग्गा बेचेर खाएको आरोप लगाएको प्रतिवादमा शर्माले यसरी चुनौती दिएका हुन। ‘यो उहाँको आवेगको कुरा हो। उहाँलाई म श्रद्धा गर्छु। तर, प्रश्न गर्ने कुरामा पछि हट्नि ?,’ महामन्त्री शर्माले भने।

महामन्त्री शर्माले २०५२ सालमा एमालेकै सरकार र एमालेकै भूमिसुधार मन्त्री, २०६० सालको सरकार सूर्यबहादुर थापाको र भूमिसुधार मन्त्री कांग्रेस नभएको बताए। उनले अगाडि भने,‘२०७८ सालमा त केपी ओलीको सेट नै हुने। अनि गिरीबन्धुको विषयमा यही तीन वटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने ?’

ओलीले आवेगमा उठाएको प्रश्नमा विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने पनि उनले बताए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x