१२ मंसिर २०८३, शुक्रबार

परिवारवादी, आफन्तवादी र चाकडीवादी बन्दैछ हाम्रो देश

एसीपी संवाददाता

१२ असार २०८१, मंगलवार ०९:५३ मा प्रकाशित

सन्तोष रेग्मी , काठमाडौं –  स्वतन्त्र भारतका दोश्रा प्रधानमन्त्री लालबहादुर शास्त्री निकै सरल थिए । उनी सबै नागरिक चाहे त्यो प्रधानमन्त्री नै किन नहोस्, समान व्यवहार हुनुपर्दछ भन्ने कुराको कट्टर हिमायती थिए । आफ्ना परिवारका सदस्यलाई सकेसम्म साधारण बन्न, आफूमार्फत् नचिनिन र विशेष व्यवहारबाट जोगिन चेतावनी दिन्थे । उनका छोरा अनिलले एकपटक विद्यालयमा अभिलेख भर्दा बाबुको नाम एलबी शास्त्री र ठेगाना १० जनपथ लेखेछन् । १० जनपथ भारतीय प्रधानमन्त्री आवास हो । शिक्षकहरुले अनिललाई तलदेखि माथिसम्म हेरेर निकै सोधीखोजी गरेछन् । बाबु प्रधानमन्त्रीको स्वकीय सचिव, सचिवालयको कर्मचारी वा सुरक्षा गार्ड के हो भनेर हैरान पारेछन् । हरेक दिन हैरानी व्योहोरेपछि उनले प्रधानमन्त्री लालबहादुर शास्त्री नै आफ्नो बाबु भएको नबताइ धरै पाएनछन् ।
त्यसपछि शिक्षकहरुले उनलाई विशेष व्यवहार गरेछन् । प्रधानाध्यापकलाई प्रधानमन्त्रीका छोराका रुपमा भेटाएछन् । जब लालबहादुरले सबै कुरा थाहा पाएछन् । छोरासंग रिसले आगो भएछन् र आफ्नो छोरालाई विशेष व्यवहार नगर्न विद्यालयलाई पनि चेतावनी दिएछन् । शास्त्रीका छोरा अनिलले यी सबै कुरा हालै सविस्तार सार्वजनिक गरेका छन् ।

# भारतले त्यसरी लोकतन्त्र संस्थागत गरेको हो । नेपालमा हामीकहाँ त लोकतन्त्र राजतन्त्रमा भन्दा पनि चर्को परिवारवादी, आफन्तवादी र चाकडीवादी बन्दैछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x