१२ मंसिर २०८३, शुक्रबार
गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री सहयोग
नेपालगन्ज रिसब सिंह वाडिया – नेपालगंज उप-महानगरपालिका वडा नं. ८ का शहरी स्वास्थ्य केन्द्र को आयोजना र नेपालगंज उप-महानगरपालिका वडा नं. ८ कार्यालयको सहयोग मा आज बुधवार १००० दिन भित्रका गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरेको छ ।
वडा नं. ८ का अध्यक्ष रजनीश बाजपेयीको अध्यक्षता मा अनुराधा ठाकुर , प्रिया जोशी , सुदिका अन्सारी , पूजा वैश , कलपना कश्यप , ममता केवट , आलिया खाँ , सोनी कनोजिया , मालती केवट , समा हुसैन , जैनब अन्सारी लगायत ५० जाना गर्भवति तथा सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामाग्री वितरण गरिएको हो । वडा नं. ८ का अध्यक्ष रजनीश बाजपेयीले समाजिक कार्य योगदान गर्दै आएका छ्न । कार्यालय बाट शिक्षामा अध्ययन गर्न चाहने विद्यार्थीलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाउदै आएका छ्न ।

Subscribe
Login
0 Comments


