१२ मंसिर २०८३, शुक्रबार

आरजु देउवा बारे भ्रमक समाचारको सिआईबीद्वारा खण्डन

एसीपी संवाददाता

२१ असार २०८१, बिहीबार १०:१४ मा प्रकाशित

काठमाडौं। कांग्रेस–एमाले गठबन्धन बनेपछि अनलाइन पोर्टलहरूमा एउटा खबर सार्वजनिक भयो- कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवालाई पक्राउ गर्न खोजिएको थियो। सिआइबीले उनलाई पक्रन, बुढानिलकण्ठस्थित देउवा चोक नै सिल गरेको थियो। तर, पछि आरजु घरमा नरहेको थाहा पाएपछि सिआइबी रित्तै फर्कियो।

यो कुनै सत्य घटना नभएको पुष्टि भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रेस विज्ञप्ति जारी गर्दै खण्डन गरेको छ। तर, भ्रामक खबर फैलाउनेलाई कारबाहीको चेतावनी पनि दिएको छ।

‘उकेरा लगायतका केही अनलाइन मिडिया तथा पत्रपत्रिकामा आधारहीन तवरबाट समाजमा भ्रम फैलाउने तथा अफवाह फैलाउने हेतुले विगत केही दिनखेखि प्रहरी  प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट विभिन्न व्यक्तिको नामसमेत तोकी पक्राउ गर्न प्रहरी खटिएको भनि असत्य र भ्रामक विषयवस्तु राखी ब्यूरो प्रमुख तथा ब्यूरोका सूचना अधिकारीसँगसमेत प्रहरी अनुसन्धान तथा कारबाही सम्बन्ध्मा भएका सत्यता परीक्षण नगरी आफूखुसी आमजनमानसमा भ्रम सृजना गरी, अराजकता फैलाउने उद्देश्यले कपोकल्पित समाचार बनाइ अतिरञ्जि तवरबाट प्रकाशन तथा प्रशारण गरेको पाइएको हुँदा त्यस्ता आधारहीन र अपुष्ट समाचारप्रति ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ,’ सिआइबी प्रवक्ता होविन्द्र बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, भ्रामक, कपोकल्पित र सत्यता परीक्षण नगरी प्रकाशन तथा प्रशारण रिएका असत्य समाचारको ब्यूरोले खण्डन पनि गरेको छ। सिआइबीले कुनै अनुसन्धान तथा प्रहरी कारबाही सम्बन्धमा सत्यता परीक्षण नगरी भ्रामक, कपोकल्पित र आधारहीन समाचार प्रकाशन नगर्न पनि अनुरोध गरेको छ। नेपाल पाना बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x