१२ मंसिर २०८३, शुक्रबार
ओलीको सरकारमा महिला नेतृ आरजु परराष्ट्रमन्त्रीको पदभार ग्रहण
काठमाडौं – अहिलेसम्म कुनै शक्तिशाली पदमा नपुगेको भए पनि विगतदेखि नै नेपालकी एक शक्तिशाली महिलाको रूपमा चिनिँदै आएकी कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा पहिलोपटक मन्त्री बनेकी छन् ।
केपी ओलीको सरकारमा उनले परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकी छिन् । रोजेको मन्त्रालय पाएकी आरजु मन्त्रीपरिषदको सातौं वरियतामा रहने छिन् ।
६२ वर्षीया आरजु नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् । यसअघि प्रचण्ड सरकारको पालामा आरजुको नाम भुटानी शरणार्थी प्रकरणदेखि टीकापुर जग्गा काण्डसम्ममा मुछिएको थियो । उनलाई पक्राउ गर्ने तयारी रहेकोसम्मको हल्ला चलेको थियो । तर, राजनीतिक समीकरण फेरिएपछि उनी आफैं शक्तिमा उदाएकी छन् । नेपालगन्ज ग्यालरी
Subscribe
Login
0 Comments


