३ श्रावण २०८३, आईतवार

युधिष्ठर र यक्ष संवाद !!

बसन्त शर्मा ( उपाध्यय)

४ श्रावण २०८१, शुक्रबार १३:१४ मा प्रकाशित<

बसन्त शर्मा नेपालगन्ज –  द्वापर युगमा महाभारतका पाण्डवहरुको युद्ध सम्बन्धि तयारीबारेमा पाण्डवका बाबु धर्मराजले पाण्डवहरुको ‘परिक्षण’ गरेको सन्दर्भ हो -यो विषय ।
कुरा महाभारतकालमा पाण्डवहरुले वनवास काटिरहेको अवधिको हो । अर्थात द्वापरयुगको । हामी अनुमान गरौं कति वर्ष पहिलेको संवाद हो भनेर । किवंदन्ति यो छ कि ‘यक्ष र युधिष्ठर’बीच संवाद त्यही भएको ठाउँ हो -देवरिया ताल ,जलाशय त्यही हो जहाँ पाण्डवका चारै भाईको एक पटक मृत्यु भईसेको थियो ।

धर्मराज (युधिष्ठरका बाबु) लाई लगभग ज्ञात थियो कि युद्ध हुन्छ भनेर । पाण्डवहरुले युद्ध तयारी कसरी गरिरहेका छन त भनेर धर्मराज उनिहरुलाई परिक्षण गर्न चाहन्थे । वनवासमा पाण्डवहरु बसिरहेको कुट्टिमा हरिणको रुप धारण गरेर धर्मराज पुग्छन र आगो बाल्ने ‘अरणी’ लिएर त्यहाँबाट
भाग्छन ।

पाण्डवहरुको खाना पकाउने ब्यक्तिले आगो बाल्ने ‘अरणी’ खोज्नमा त्यो हरिणलाई खोज्न पाण्डवहरुसँग मद्दत माग्छन ।

घट्नामा ट्विष्ट तब आउँछ जब पाँच पाण्डव हरिण खोज्दा खोज्दै थाक्छन ।

पानी प्यासले गलेका पाण्डवहरु एक ठाउँमा थकाई मार्न बस्छन् ।
थाकेका युधिष्ठरले भाई नहकुललाई आसपास कहीं जलासय भए पानी लिएर आउ भन्छन ।
नहकुल पानी खोज्छ हिंड्छन् । केहीबेर हिंडेपछी उनले एउटा जलाशय देख्छन । जलाशयमा पानी पीउन पुगेका नहकुलले अचानक एउटा आवाज सुन्छन ।
यो जलाशय मेरो हो,पानी पिउने भए मेरो प्रश्नको जवाफ दिनुपर्छ ।’
अज्ञात आवाज सुनेका नहकुलले यताउता हेर्छन । कसैलाई देख्दैनन । केवल एउटा वकुल्लो एउटा खुट्टामा उभिरहेको देख्छन । उनले त्यो आवाजलाई खासै मतलव गर्दैनन । तिर्खाएका नहकुलले पानी पीउँछन । पानी पीउने बित्तकै उनको मृत्यु हुन्छ ।
धेरैबेर सम्म नहकुल नफर्किएपछी युधिष्ठरले सहदेवलाई नहकुल खोज्न पठाउँछन । जलाशय नजिक पुगेका सहदेवलाई पनि त्यही आवाज सुन्नमा आउँछ । सहदेवले पनि आवाजलाई बेवास्ता गर्दै पानी पीउँछन उनको पनि मृत्यु हुन्छ । एवम प्रकारले अर्जुन र भिमलाई पठाउँछन । ती दुईको पनि जलाशयमा पानी पीउने बित्तिकै मृत्यु हुन्छ ।
सबै भाईहरु नफर्किएपछी युधिष्ठर स्वयं भाईहरुको खोजिमा निस्कन्छन । जलाशय नजिक पुग्दा चारै भाई मृत अवस्थामा भेटाउँछन् । पानी पीउन लागेका युधिष्ठरले फेरी त्यही आवाज सुन्छन -‘यो जलाशय मेरो हो,पानी पिउने भए मेरो प्रश्नको जवाफ दिनुपर्छ ।’
जवाफमा युधिष्ठरले भन्छन-‘हुन्छ म तिम्रा सबै प्रश्नका जवाफ दिन्छु तर तिमी आफ्नो असली रुपमा प्रकट हुनुपर्छ ।’
भनिसके लगत्तै पर बसेको बकुल्लो ‘यक्ष’ रुपमा प्रकट
हुन्छन । अनि शुरु हुन्छ ‘यक्ष र युधिष्ठर’ बीचको अन्तरङ्ग संवाद : प्रश्न र उत्तरको ।

युधिष्ठिरले यक्षको अभिवादन गरे । हे यक्ष तिमी प्रश्न गर,म आफ्नो विवेकले भ्याए अनुसार उत्तर दिने प्रयास गर्नेछु ।

यक्ष : म को हुँ ?
युधिष्ठिर– तिमी न यो शरिर हौ,न इन्द्रिया,न मन, न त बुद्धि, तिमि शुद्ध चेतना हौ जो सर्वसाक्षि छ ।

यक्ष– जीवनको उदेश्य के हो ?
युधिष्ठरः जीवनको उदेश्य त्यही चेतनालाई बुझ्नु हो जुन जन्म र मरणको बन्धनबाट मुक्त हुन्छ । त्यही जान्नु नै मोक्ष पनि
हो ।
यक्ष र युधिष्ठरबीच यस्ता कैयौं प्रश्न उत्तर लामो समय चल्छ ।
………

युधिष्ठिरको जवाफबाट सन्तुष्ट भएका यक्षले पहिले युधिष्ठरलाई पानी पीउन दिए ।
यक्ष भन्छन-‘चार भाई मध्ये एकजना म जिवित गर्न सक्छु,भन को भाईलाई जिवित देख्न चाहन्छौ ?’ युधिष्ठर भन्छन-‘ माद्री पुत्र नहकुललाई जिवित गरिदेउ ।’
यक्ष : अरे ! तिमी शक्तिशाली भीम र धनुर्धर अर्जुनलाई छाडेर नहकुललाई किन बचाउँन चाहन्छौ ?
युधिष्ठर: विपत्तिमा पनि धर्म हार्नु हुँदैन । यदि म कुन्तिको जेठो छोरा बाँचेको छु भने माद्रीका छेठा छोरा नहकुल पनि बाँच्न पाउनुपर्छ ।
यक्ष फेरी प्रश्न गर्छन : यदी दुई जना बचाउन चाहन्छौ भने -कस्लाई बचाउँछौ त ?
युधिष्ठिर: सहदेवलाई पनि बचाउन चाहन्छु । सहदेव सबैभन्दा सानो छ । उस्को भागको प्रेम र सेवा दुबै अँझै बाँकी छ,
त्यसैले ।
युधिष्ठिरको धर्मनिष्ठा सुनेर यक्ष अत्यन्तै खुसी भए,भाविह्वल भएका यक्षले सबै चार भाईलाई जिवित गरिदिन्छन ।
लगातार जवाफ दिईरहेका युधिष्ठिर अन्तमा यक्षलाई प्रश्न गर्दै भन्छन-‘
वास्तवमा तिमी को हौ ? तिम्रो असल परिचय जान्न उत्सुक छु म ।
प्रश्न गरिरहेका यक्ष जवाफमा भन्छन : म तिम्रो पिता धर्मराज हुँ । तिम्रो परिक्षा लिन आएको थिएँ । तिमी सफल भयौ ।

धर्मको जय होस ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x