३ श्रावण २०८३, आईतवार

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न नेपाल र भारतको संयुक्त टोली परिचालन

एसीपी संवाददाता

६ श्रावण २०८१, आईतवार १६:१९ मा प्रकाशित

काठमाडौं। एक साता अघि सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र सवार यात्रुको खोजीमा नेपाल र भारतको संयुक्त टोली परिचालन भएको छ। चार गोताखोरसहित १२ जनाको भारतीय टोलीले आइतबार बिहानदेखि खोजी गरिरहेको हो।

भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

भारतीय टोलीमा कुनाल तिवारी, ललितकुमार, रविशंकर सरोज, सुधीरकुमार सिंह, बहादुर नाथ, सन्दीपकुमार दुबे, विक्रान्त कुमार, अवध किशोर, हेमन्तकुमार यादव, मनोजकुमार यादव, सुनीलकुमारसिंह यादव र लोकेश कुमार छन्।

काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ६५ मध्ये तीनजना पौडिएर बाँचे पनि ६२ बेपत्ता भएका थिए।

अहिलेसम्म २५ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ। ३७ जनाको अवस्था अझै अज्ञात छ। त्रिशूलीमा खसेको बस अझै पत्ता लाग्न सकेको छैन।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x