३ श्रावण २०८३, आईतवार

भारतीय बजेट : बिहारमा कोशीको बाढी नियन्त्रण र सिँचाइ परियोजनालाई ११ हजार ५ सय करोड

एसीपी संवाददाता

८ श्रावण २०८१, मंगलवार २१:३७ मा प्रकाशित

काठमाडौँ- भारत सरकारले कोशी नदीको बाढी नियन्त्रण र सिँचाइ परियोजनाका लागि ११ हजार ५ सय करोड भारतीय रुपैयाँ बजेट छुट्याउने भएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार भारतीय संसद्‍मा बजेट प्रस्तुत गर्ने क्रममा कोशीको बाढी नियन्त्रण सरकारको प्राथमकितामा रहेको बताएकी हुन् ।

कोशी नदीको बाढीले बिहार निरन्तर ग्रस्त रहेको उल्लेख गर्दै अर्थमन्त्री सीतारमणले क्षतिको अध्ययन गर्नका लागि काम थालिने बताएकी छिन् ।

त्यस्तै नेपालमा बाढी नियन्त्रणका लागि संरचना निर्माण बाँकी नै रहेको र त्यसमा भारतले सरकारले सहयोग गर्ने पनि उनको भनाइ छ । सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x