३ श्रावण २०८३, आईतवार

त्रिभुवन विमानस्थलमा सौर्य एयरलान्सको जहाज दुर्घटना हुँदा ४ जनाको मृत्यु

एसीपी संवाददाता

९ श्रावण २०८१, बुधबार १२:१७ मा प्रकाशित

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्स बिमान  दुर्घटनामा परेको जहाजमा कम्तीमा चारजनाको मृत्यु भएको छ।

विमानबाट चारजनाको शव अग्नि नियन्त्रक दलले निकालेको हो ।

दुर्घटना हुनु कारण चक्का चिप्लिएर हुन सक्ने अनुमान गरिएको छ ।

उड्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको र ठूलो आवाज आएको प्रहरीले जनाएको छ। अहिले जहाजबाट धुवाँको मुस्लो निस्किरहेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

जहाजमा चालकदलसहित १९ जना थिए। जहाजमा सौर्य एयरलाइन्सकै प्राविधिक टोली सवार रहेको बुझिएको छ। जहाज प्राविधिक टोलिलाई लिएर पोखरा जान लागेको थियो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको खबर चिन्ताजनक छ। यस दुर्घटनामा विमानमा आगलागी भएको छ र अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीहरुको टोलीले नियन्त्रणको प्रयास गरिरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार बुधबार करिब ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट उड्न खोज्दा दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x