३ श्रावण २०८३, आईतवार

रुसी सेनामा कार्यरत नेपालीलाई फर्काउन पराष्ट्रमन्त्री देउवाले थालिन् कूटनीतिक पहल

एसीपी संवाददाता

९ श्रावण २०८१, बुधबार २०:५३ मा प्रकाशित

काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले रुसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फर्काउन कूटनीतिक पहल थालेकी छन्।

दलालको फन्दामा परेर अवैध रुपमा रुस पुगेर त्यहाँको सेनामा भर्ना भइ युक्रनसँगको युद्धमा होमिएका नेपालीलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्री देउवाले कुटनीतिक पहल थालेकी हुन्।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा मन्त्री देउवाले रुसी सेनामा रहेका नेपालीलाई छिटो स्वदेश फर्काउनका लागि कूटनीतिक पहल भइरहेको बताइन्।

उनका अनुसार युक्रेन-रुसमा क्रममा बन्दी बनाइएका मध्ये एक जनालाई एक्सचेन्ज लिष्टमा राखिसकेको छ। मन्त्री देउवाले रुसी सेनामा ज्यान गुमाएकाको संख्या ३४ जना रहेको र युक्रेनमा ६ जना बन्दी रहेको पनि जानकारी दिइन्।

यसैगरी, इजरायलमा बेपत्ता भएका विपिन जोशीको सम्बन्धमा उद्दारका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको बताइन्।

बंगलादेशको हिंसाका कारण समस्यामा परेका नेपालीलाई सरकारले समयमा उद्धार गरेको छ। हालसम्म बंगलादेशबाट करिव १७ सय नेपाली विद्यार्थीहरु फर्किसकेको उनले बताइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x