३ श्रावण २०८३, आईतवार

पाकिस्तानका मानव अधिकार आयोगका अध्यक्ष पक्राउ

एसीपी संवाददाता

११ श्रावण २०८१, शुक्रबार २०:४९ मा प्रकाशित

एजेन्सी – पाकिस्तानको मानव अधिकार आयोगका अध्यक्ष पक्राउ परेका छन् । पाकिस्तानी प्रहरीले आयोगका अध्यक्ष असद इकबाल बटलाई पक्राउ गरेको पाकिस्तानी अखबार एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

चौतर्फी आलोचना पछि पक्राउ गरेकोे केही समयपछि उनलाई रिहा गरिएको थियो । प्रहरीले आफूलाई कुने ठोस कारणबिनै पक्राउ गरेको भन्दै बटले आपत्ति जनाएका छन् ।

प्रहरीले आफूलाई नियन्त्रणमा लिएर आफ्नो क्वेट्टा भ्रमणबारे जानकारी मागेको उनले जनाएका छन् । यद्यपि आफूले पछिल्ला ७ वर्षदेखि क्वेट्टाको भ्रमण गर्दै नगरेको उनको भनाइ छ ।

बलोचिस्तान प्रान्तको राजधानीसमेत रहेको क्वेट्टामा पछिल्लो समय स्वतन्त्र बलोचिस्तान समर्थक संगठनको गतिविधि बढ्दै गएको बताइन्छ । बलोचिस्तान राष्ट्रिय अभियानको मानव अधिकारवादी संस्था पान्कले उनलाई पक्राउ गरिएको घटनाको निन्दा गरेको छ । खबरहब

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x