३ श्रावण २०८३, आईतवार

भीओआईपी सञ्चालन गरेको आरोपमा वनस्थलीबाट २ जना पक्राउ

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार ०६:०७ मा प्रकाशित

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका–५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगञ्ज गाउँपालिका–४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् ।

अनुमति नलिई गैरकानूनी रुमा भीओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–१६ खरिबोट वनस्थलीबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भीओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सीमकार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ ।

उनीहरू उपर दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिई अनुसन्धान अघि बढाइएको छ । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x