३ श्रावण २०८३, आईतवार

कुलमानको अडान – डेडिकेटेड र ट्रंक लाईनको वक्यौता रकम असुली गर्छौं

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार ०६:१९ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा रहेको डेडिकेटेड तथा टं«क लाईन वक्यौता रकम असुली गर्ने अडान राखेको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो ।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको दाबी गर्नुभयो ।

रेकडेट विद्युतमा प्रिमियम जोडेर ती उद्योगहरुमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रवन्ध निर्देशक घिसिङको भनाई थियो । उहाँले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराउनुभयो ।

प्रवन्ध निर्देशक घिसिङले दक्षिण एशियामा भूटानबाहेक नेपालको विद्युत सबैभन्दा सस्तो भएको जानकारी पनि दिनुभयो । उहाँले आफूले प्राधिकरणको नृतृत्व लिएपछि हालसम्म करिब २५ प्रतिशत विद्युत महशुल घटाएको र करिब २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गर्नुभयो ।

प्रवन्ध निर्देशक घिसिङले  आफूले आर्जन गरेको नाफा पनि विद्युतको ट्रान्समिसन लाइन लगायतको पूर्वाधार निर्माणको खर्च गरेको स्पष्टिकरण पनि दिनुभयो । ईमेज खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x