३ श्रावण २०८३, आईतवार

वनमन्त्री शाहीसँग भारतीय राजदूतको शिष्टाचार भेट

एसीपी संवाददाता

१२ श्रावण २०८१, शनिबार ०६:३३ मा प्रकाशित

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन्।

मन्त्रालयमा शुक्रबार भएको भेटमा मन्त्री शाहीले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण भएको क्षतिको जोखिम कम गर्न छिमेकी राष्ट्र भारतको सहयोगको अपेक्षा गरेको बताएका मन्त्रालयले जनाएको छ।

मन्त्री शाहीले दोधारा–चाँदनी क्षेत्रमा वातावरणले पार्ने असर न्यूनीकरणका साथै पिछडिएको हिमाली जिल्ला मुगुमा विद्यालय भवन निर्माण, रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा मुगु डोल्फु छायाँनाथ धार्मिक स्थलको विकासमा भारतको सहयोगको अपेक्षा गरिएको बताएका थिए।

राजदूत श्रीवास्तवले दोधारा–चाँदनीमा सुरक्षा चौकी स्थापना गर्ने विषयमा दुई देशबीच पहिला नै मौखिक सहमति भएको बताउँदै यस कार्यको वातावरणीय अध्ययन भइरहेको जानकारी गराएकाे वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले भारतीय सहयोगमा नेपालमा भौतिक पूर्वाधार निर्माण, क्षमता विकास तालिमलगायत सहयोगका कार्यक्रम हुँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले निरन्तरता पाउने जानकारी मन्त्री शाहीलाई दिएका थिए। नयाँ पत्रीका बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x