२ श्रावण २०८३, शनिबार

दुई दलीय व्यवस्थामा जान कांग्रेस–एमाले सहमतिः राष्ट्रिय पार्टी बन्न १० प्रतिशतको थ्रेस होल्ड!

एसीपी संवाददाता

१६ श्रावण २०८१, बुधबार ०९:३५ मा प्रकाशित

काठमाडौं– संविधान संशोधन गर्नेसहितको सहमति गरी सत्ता सञ्चालनमा गठजोड गरेका नेपाली कांग्रेस र नेकपा एमालेबीच एउटा ‘भयानक सहमति’ भएको छ।

दुई दलले तीन प्रतिशतको ‘थ्रेस होल्ड’को व्यवस्था खारेज गरी त्यसलाई १० प्रतिशतमा लैजाने सहमति गरेका छन्। जसका कारण सत्ता राजनीतिमा पदीय बार्गेनिङ गरिरहेका साना, मझौला र ताक परे माओवादी जत्तिको दललाई पनि पाखा लगाएर कांग्रेस–एमाले दुई दलीय व्यवस्थामा पुग्नेसम्मको लक्ष्य राखिएको छ।

यो तहसम्मको सहमति भएको विषयको संकेत एमाले महासचिव शंकर पोखरेलले गरेका छन्। दाङ पुगेर उनले यस्तो खुलासा गरेका हुन्। प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा उनले भने,‘व्यक्तिको जमानत जफत नहुनका लागि दश प्रतिशत मत कटाउनुपर्ने तर राष्ट्रिय पार्टी बन्नका लागि तीन प्रतिशत मात्र ल्याए हुने भन्ने संविधानको मर्म नै गलत छ। पार्टीका लागि पनि १० प्रतिशतको सीमा कायम हुनुपर्छ।’

पछिल्लो निर्वाचनको नतिजा हेर्ने हो भने कांग्रेस, एमाले र माओवादीबाहेक कसैले पनि १० प्रतिशत मत कटाएका छैनन्। अर्थात्, ०७९ को निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि साना नेपाल मजदुर, राष्ट्रिय जनमोर्चासम्मका दलले राष्ट्रिय भन्ने मौका पाउँदैनन्।

यहाँसम्मकी माओवादी केन्द्रले पनि मरितरी ११ प्रतिशत कटाएको छ। कांग्रेस र एमालेको पछिल्लो योजनाले त आगामी निर्वाचनमा माओवादी पनि राष्ट्रिय पार्टी बन्नका लागि संघर्षमा उत्रिनुपर्ने स्थिति रहन्छ।

निवर्तमान प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यहि खतराबारे सदनमा उभिएर बोलेका थिए। बहुदलीय व्यवस्थाबाट दुई दलीयमा जान खोजेको भन्ने विषयप्रति आक्रोश पोख्दै प्रचण्डले भनेका थिए,‘यी साना दल अहिले के देखेर कांग्रेस र एमालेको पछि लागेका हुन्। यदि संविधान संशोधनका नाममा केही ठूलो निर्णय भए हामी सदन र सडकसम्म पनि जानेछौं।’ सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x