२ श्रावण २०८३, शनिबार

कमला ह्यारिसलाई ओबामाको समर्थन

एसीपी संवाददाता

१७ श्रावण २०८१, बिहीबार १०:५२ मा प्रकाशित

काठमाडौँ । अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् ।

ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् ।

ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् ।

यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रुपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिएनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x