२ श्रावण २०८३, शनिबार

पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह

एसीपी संवाददाता

१९ श्रावण २०८१, शनिबार १७:२४ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

पूँजी बजार अस्वभाविक रुपमा उकालो लागि रहेका बेला सांसद महतले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन आग्रह गर्नुभएको हो ।

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा प्रवक्ता महतले विना आधार कृत्रिम तरिकाले पुँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै त्यसमा सर्वसाधारणको लगानी फस्न नदिन पनि कडा निगरानी राख्न सरकारसँग आग्रह गर्नुभयो ।

कम्पनीको स्ट्रेन्थ नै नभएको बेला पनि टाठाबाठाले नक्कली आधार खडा गरेर पूँजी बजार बढेको अवस्थामा रहेकाले थप लगानी गरेर सर्वसाधारण फस्ने अवस्था रहेको दाबी पनि गर्नुभयो । उहाँले बिना आधार पुँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई पनि अपिल गर्नुभयो ।

प्रवक्ता महतले नयाँ सरकार र मौद्रिक नीतिका कारण पुँजी बजारमा केही उत्साह आउनु स्वभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको बताउनुभयो ।

प्रवक्ता महतले पूँजी बजारमा भएको अस्वभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको ध्यानाकर्षण गराउनुभयो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x