२ श्रावण २०८३, शनिबार

स्व. गिरिजा कोइरालाको गृहनगर पुगेर प्रचण्डले गरे आत्मा आलोचना, ‘म प्रदूषित भएँ’

एसीपी संवाददाता

२२ श्रावण २०८१, मंगलवार १५:३२ मा प्रकाशित

मोरङ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिराटनगर पुगेर पार्टी प्रदूषित भएको बताएका छन्।

माओवादी केन्द्रको प्रदेश समितिको सातौं पूर्ण बैठकमा मंगलबार उनले भने,‘हामी नेता कार्यकर्ता दलाल पुँजीपतिको भुलभुलैयामा लाग्यौं, म पनि प्रदूषित भएँ। गल्ती मेरो पनि हो, आत्मा आलोचना गर्छु।’

विद्रोह र चुनाव मध्य एक छान्न नसक्दा पार्टी विभाजन भएको र संसदीय अभ्यासमा नयाँ भएका कारणले पनि माओवादीलाई दलाल पुँजीपतिले चलाएको प्रचण्डको कथन थियो।

उनले भने,‘तपाईहरू पनि बिग्रिनुभयो, हामी पनि बिग्रियौं। अब सुधार गर्दैै जानुपर्ने कुरा धेरै छन्।’

प्रचण्डले बैठकमा गिरिजाप्रसाद कोइरालालाई पनि स्मरण गरेका छन्। कोइरालालाई राष्ट्रपति बन्नबाट रोक लगाउनु पनि गल्ती भएको दोहोराए। भने,‘राम्रो संविधान बनाउनका लागि गिरिजाबाबु राष्ट्रपति र म प्रधानमन्त्री बन्नु पर्ने थियो तर उहाँलाई रोक्न मलाई दबाब थियो।’

त्यो दबाब कसको थियो भन्नेचाहिँ प्रचण्डले खुलाएनन्। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x