२ श्रावण २०८३, शनिबार

वडा नम्बर ४ को गगनगन्ज मोडको बाटोभर फोहरै फोहोर

एसीपी संवाददाता

२२ श्रावण २०८१, मंगलवार २१:४३ मा प्रकाशित

दृश्यमा देखिएको स्थान नेपालगन्ज उपमहानगरपालिका ४ नम्बर वडाको हो।

दृश्य देख्दा यस्तो लाग्छ दशकौंपछी नालाको सफाइ गरिएको छ।
खसी मासु पसलेहरुले फोहोर व्यवस्थित तवरले नफालेर फोहर जति सबै नाला मै फाल्ने गरेकोले यो समस्या उत्पन्न भएको एक स्थानीयले बताएका छन्

आर्को एक स्थानीयका अनुसार नगरपालिका देखि उपमहानगरपालिका हुँदा सम्म कुल हालसम्म २० औं पटक मासु पसलहरुलाई व्यवस्थित गर्न , अन्तै सार्न उजुरी दिए पनि हालसम्म उचित समाधान नभएको गुनासो पोखेका छन।

नाला सफाइ पश्चात् फोहर न उठाए पछि बाटो भरी फैलिएको छ।
नजिकै दुईवटा विद्यालय एक धार्मिक संस्था ,आस्थाको केन्द्र रहेको छ।
फोहरले गर्दा पढ्न जाने बालबालिका र छरछिमेकवासीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने सम्भावना देखिन्छ यहि बाटो भएर दैनिक हजारौंले ओहोरदोहोर गर्ने वा वडा प्रहरी कार्यालय, आँखा अस्पताल कानान अस्पताल जस्तो ठाउँमा आवतजावत गर्ने गरेका छ्न।
यसैगरी आर्का एक स्थानीयका अनुसार स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरि सधैंको यो समस्यालाई हालको वडा अध्यक्षले यसप्रति गम्भीर चासो लिएकाले यसपटक यी सम्पुर्ण समस्याको समाधान हुने आशा वादी रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x