२ श्रावण २०८३, शनिबार

एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनाः क्याप्टेन मल्ल र चार चिनियाँ नागरिकसहित ५ को मृत्यु (नामसहित)

एसीपी संवाददाता

२३ श्रावण २०८१, बुधबार १६:५६ मा प्रकाशित

काठमाडौं– नुवाकोट शिवपुरी–७ सूर्य चौरमा दुर्घटना भएको एयर डाइनेस्टीको ९एन–एजेडी हेलिकोप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको छ।
प्रहरी प्रवक्ता डीआईजी दानबहादुर कार्कीले हेलिकोप्टरमा सवार सबैको मृत्युको पुष्टि गरेका छन्।

क्याप्टेन अरुण मल्ले उडाएको हेलिकोप्टरमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी र जीक्वीङ सी पनि रहेका थिए। सबैको मृत्यु भइसकेको छ। यस मध्य सीयाद वी महिला हुन्।

सबैको शव निकाल्ने काम भइरहेको त्यहाँ खटिएका सुरक्षा अधिकारीले जनाएका छन्।

रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको थियो।

उक्त हेलिकोप्टर १ बजेर ५४ मिनेटमा काठमाडौंबाट उडेको थियो। हेलिकोप्टर नुवाकोट शिवपुरी– ७ सूर्यचौर क्षेत्रमा दुर्घटना भएको र त्यहाँ आगो बलिरहेको भन्ने प्रहरीले प्रारम्भिक सूचना पाएको थियो।

विमानस्थलबाट उडेको तीन मिनेटमा नै हेलिकोप्टर सम्पर्कमा नरहेको पनि बताईएको छ। सीएन्नेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x