२ श्रावण २०८३, शनिबार

सिमानामा नेपाली नागरिकको मृत्यु , भारतिय प्रहरीले शुरु गर्‍यो अनुसन्धान

एसीपी संवाददाता

२३ श्रावण २०८१, बुधबार १९:०३ मा प्रकाशित

रुपैडिहा – नेपाल–भारत सीमानामा खुलेआम लागुऔषध बिक्री हुन थालेको छ ।  बिक्रेता र उपभोक्तालाई पक्राउ नगर्दा भारतिय सिमानामा खुलेआम लागुऔसध पाउने गरेको त्यहा स्थित पत्रकार सुरेश कुमार मधेसीयाले जनाएका छ्न ।  भारतीय सीमामा नशालु पर्दार्थ सेवनले मृत्यु हुने क्रम रोकिने संकेत देखिएको छैन । भारतको उत्तर प्रदेशको जिल्ला बहराईचको  रुपैडिहा नगर पञ्चायतको रुपैडिहा गाउँमा रहेको पानी ट्यांकी नजिक एक जना अन्दाजी २०, २२ वर्षीय युवकको शव फेला परेको थियो ।  खबर पाएलगत्तै एसआई विजयकुमार, सन्तोषकुमार, क.  राहुल सिंह र जयचन्द गौड  तुरुन्तै घटनास्थल पुगे।  मृतकले कालो रंगको तल्लो चेक सर्ट लगाएका थिए ।  बायाँ हातमा किरणको लेखेको  छ।  त्यस्तै करिब २ महिनाअघि सिंघानिया मार्केटको आधा बनाइएको प्लाटमा एक नेपाली युवकको शव फेला परेको थियो ।  नेपाली युवाको यो क्रमिक मृत्युले रुपैडिहामा खुलेआम स्म्याक बिक्री भइरहेको प्रमाणित गरेको छ । अज्ञात मृत्युको बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x