२ श्रावण २०८३, शनिबार

बङ्गलादेशको राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको सरकारको भनाइ

एसीपी संवाददाता

२४ श्रावण २०८१, बिहीबार ०८:५५ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले बङ्गलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाउँदै विज्ञप्ति जारी गरेको छ ।

बङ्गलादेशमा पछिल्ला केही सातादेखिको भएको प्रदर्शन र जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गर्दै परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो ।

मन्त्रालयले ज्यान गुमाउने व्यक्तिका परिवारजनप्रति समवेदना र सहानुभूति प्रकट गर्दै घाइते सबैको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गरेको विज्ञप्तिमा उल्लेख छ ।

सबैलाई शान्त र संयमित हुन आह्वान गरेको र लोकतान्त्रिक प्रक्रियामा व्यवस्थित पुनरागमनको महत्वमा जोड दिएको जनाउँदै बङ्गलादेशका सबल र लचिलो जनताले शान्ति र स्थिरतातर्फ सहज संक्रमण सुनिश्चित गर्न सक्षम हुने नेपाल सरकारको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x