२ श्रावण २०८३, शनिबार

पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्दै सरकार

एसीपी संवाददाता

२५ श्रावण २०८१, शुक्रबार १२:५६ मा प्रकाशित

काठमाडौं। सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्ने भएको छ । त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ।

चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिहेको छ। अख्तियारले अधिकारीको बयानसमेत लिइसकेका बेला सरकारले उनलाई बर्खास्त गर्न लागेको हो। अधिकारी पोखरा अन्तर्राष्टिन्य विमानस्थल बन्दा त्यहाँका आयोजना प्रमुख थिए।

यसका लागि संसदीय छानबिन समिति पनि बनेको थियो। राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको संसदीय उपसमितिले छानबिन गरिरहेको छ।

समितिले छानबिन गरिरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई डाकेको थियो। पाण्डेले पनि क्यान डीजी अधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी गराएका हुन्।

सांसद राजेन्द्र बजगाईंले पनि अधिकारीको राजीनामा माग गरे। ‘अहिलेका डीजीले भैरहवामा एरोबीज नबनाइ एअरपोर्ट बनाए, पोखरामा रनवे नै धसाएर पानी ट्यांकी नै काट्नु पर्ने गरि काम गरे। यो काम हेर्दा क्यानको डीजी ठेक्कामा मात्रै लागे। उनलाई तत्काल बर्खास्त गनुपर्छ,’ उनले भने। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x