२ श्रावण २०८३, शनिबार

भारतीय विदेश सचिव मिस्री किन नेपाल आउन लागेका हुन्

एसीपी संवाददाता

२६ श्रावण २०८१, शनिबार १०:१० मा प्रकाशित

काठमाडौं– भारतीय विदेश सचिव बिक्रम मिस्री नेपाल भ्रमण्मा आउने भएका छन्। उनी आइतबारदेखि दुई दिने नेपाल भ्रमणका लागि काठमाडौंमा उत्रिनेछन्।

परराष्ट्रसचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणमा काठमाडौँ आउने भएका हुन्। परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सचिवद्वय लम्साल र मिस्रीबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ पार्ने र द्विपक्षीय सहयोगलाई प्रभावकारी रूपमा अगाडि बढाउने विषयमा छलफल हुने छ।

उनको भ्रमण नियमित र परम्पराअनुसार हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले उच्च स्तरीय राजनीतिक भेट पनि गर्नेछन्।

उनी अगस्ट १२ मा स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसअघि पनि भारतीय विदेश सचिव आउने गरेका थिए।

उनीहरूको भ्रमण नियमित हुने गरे पनि त्यसलाई राजनीतिक र नेपाल–भारत सम्बन्धका हिसाबले महत्वमा राखेर हेर्ने गरिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x