२ श्रावण २०८३, शनिबार

बंग्लादेशमा अल्पसंख्यक हिन्दु र बौद्धमाथि भईरहेको आक्रमण चिन्ताजनक रहेको कांग्रेसको ठहर, सुरक्षाप्रति चिन्ता

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार ०७:१४ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसले घनिष्ठ कुटनीतिक सम्बन्ध भएको बंगलादेशमा विगत केही हप्तादेखि विकसित भइरहेका राजनीतिक घटनाक्रमलाई नेपाली कांग्रेसले नजिकबाट नियालिरहेको जनाएको छ ।

वीपीनगर, ललितपुरमा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सदैव लोकतान्त्रिक र शान्तिपूर्ण बंगलादेशको पक्षमा रहेको तथा बंगलादेशी नागरिकको लोकतान्त्रिक तथा मानव अधिकारलाई उच्च सम्मान गर्दै आएको छ ।’

‘त्यसैले लोकतन्त्र र शान्तिप्रेमी बंगलादेशी नागरिकको चाहना र भावनाअनुसार लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अविलम्व वहाल भई राजनीतिक संक्रमण अन्त्य हुने नेपाली कांग्रेस विश्वास गर्दछ ।’

कांग्रेसले भनेको छ, ‘बंगलादेशको अन्तरिम सरकारका नवनियुक्त प्रमुख मोहम्मद युनुसलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छ ।’

‘अन्तरिम सरकारले सबै राजनीतिक पार्टी, नागरिक समाज र आन्दोलनकारी पक्षहरूसँग समेत परामर्श गरी निर्वाचनको मिति घोषणा गर्ने अपेक्षा गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पूर्ण बंगलादेशी नागरिक सहभागी भई निर्वाचन सम्पन्न हुने विश्वास लिएको छ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ ।

‘विरोध प्रदर्शनका क्रममा धार्मिक अल्पसंख्यक विशेष गरी हिन्दु, वुद्धिष्ट समुदाय माथि आक्रमण गरिएका घटना चिन्ताजनक भएकाले धार्मिक अल्पसंख्यकका अधिकार संरक्षण गर्दै धार्मिक संहिष्णुता तथा सामाजिक सद्भाव कायम गरी शान्तिपूर्ण वातावरण सिर्जना गर्न सफल हुने नेपाली कांग्रेसले विश्वास लिएको छ’, कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x