२ श्रावण २०८३, शनिबार

मुस्लिम समुदायले रोल्पाको होलेरीमा मदरसा स्थापना

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार ०८:१९ मा प्रकाशित

होलेरी- मुस्लिम समुदायले रोल्पाको होलेरीमा मदरसा स्थापना गर्ने भएको छ।

२०७५ साल देखि होलेरीमा स्थानिय ब्यबसायी मुस्लिमहरुले चन्दा संकलन गरेरै मदरसा सञ्चालन गरिरहेका थिए।यद्यपि उक्त मदरसा दर्ता रहेर औपचारिकता दिएका थिएनन्।मदरसा मुस्लिमहरुको धार्मिक विद्यालय हो।जहाँ बालबालिकाहरुलाई धार्मिक शिक्षा र ज्ञान प्रदान गरिन्छ।

सनिवार होलेरीमा मदरसा शिक्षा ब्यबस्थापन समन्वय समिति लुम्बिनी प्रदेशका उपाध्यक्ष मौलाना मशहुद खाँको नेतृत्वमा मदरसा स्थापना गर्ने छलफल सम्पन्न भएको छ। मदरसा अल सल्फिया होलेरी नामाकरण गरेर दर्ता प्रक्रियामा जाने उपाध्यक्ष खाँ ले होलेरी खबरलाई जानकारी दिएका छन् ।उनका अनुसार राज्यले प्रत्येक बर्ष मदरसाहरुलाई सहयोग गर्दै आएको छ।होलेरीको मदरसालाई औपचारिकता दिन स्थानिय सरकार रुन्टीगढीले विशेष सहयोग गर्ने अपेक्षा रहेको बताएका छन्।

मुस्लिम बालबालिकाहरुलाई आफ्नो धर्म,संस्कृती,अनुशासन,शिक्षा लगायतका कुरा सिकाउने थलोको रुपमा मदरसा रहेकाले यो महत्वपूर्ण संस्था रहने उनको भनाई रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x