२ श्रावण २०८३, शनिबार

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार ०८:२३ मा प्रकाशित

काठमाडौं, श्रावण २६ – बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। 

कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन।”

विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले पनि बंगलादेशमा भइरहेको हिंसाको कडा निन्दा गर्दै नेपालका हिन्दूहरूले एकजुट भएर अन्तर्राष्ट्रिय दवाव सृजना गर्नुपर्नेमा जोड दिए। उनले भने, “यो समय सबै हिन्दूहरू एक ठाउँमा उभिनुपर्ने बेला हो। हाम्रो धार्मिक सहिष्णुता र अस्तित्वमाथि खतरा मडारिरहेको छ।”

धार्मिक नेता केशव चौलागाईंले यस किसिमको हिंसा रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्ने बताए। “धर्मका नाममा भइरहेको यो हिंसालाई रोक्न हामी सबैले प्रयास गर्नुपर्छ। यो मानवता विरुद्धको अपराध हो,” उनले भने।

मानव धर्मसेवा समितिका इन्चार्ज सागर कटुवालले पनि कार्यक्रममा सम्बोधन गर्दै धार्मिक हिंसा विरुद्धको एकता र संकल्पलाई प्रगाढ बनाउनुपर्ने बताए। उनले भने, “धार्मिक हिंसाको विरुद्ध हामी सबैले सामूहिक प्रयास गर्नुपर्छ। यो हाम्रो कर्तव्य हो।”

यस विरोध कार्यक्रममा इस्कॉनका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। उनीहरूले बंगलादेशमा भइरहेको धार्मिक हिंसालाई रोक्न अन्तर्राष्ट्रिय समुदायले कदम चाल्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमका सहभागीहरूले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारको कडा निन्दा गर्दै त्यसको तत्काल अन्त्यको माग गरे।

विरोध प्रदर्शनमा उपस्थित सबै वक्ताहरूले बंगलादेशमा जारी धार्मिक हिंसाको विरोधमा आवाज उठाउन आग्रह गरे र नेपालमा पनि हिन्दू धर्म र संस्कृति बचाउन सबैलाई एकजुट हुन आह्वान गरे। कार्यक्रममा सहभागीहरूले धार्मिक सहिष्णुताको महत्वलाई पुनः बलियो बनाउँदै आ-आफ्नो तर्फबाट योगदान दिने प्रतिज्ञा गरेको राष्ट्रिय एकता अभियानले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x