२ श्रावण २०८३, शनिबार

प्रधानमन्त्री ओली र भारतका विदेश सचिव मिस्री बिच भेटबार्ता

एसीपी संवाददाता

२७ श्रावण २०८१, आईतवार १९:५३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बिच भेटबार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा शिष्टचार  भेटबार्ता भएको छ। उनी दुई दिने नेपाल भ्रमणका लागि आज बिहान काठमाडौं आईपुगेका हुन् ।

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण भएको हो ।

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल,  प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइको थियो । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x