२ श्रावण २०८३, शनिबार

भारतीय दुतावासको रात्री भोज कार्यक्रममा बर्दिया जिल्लाकाे सिमा खोल्ने प्रस्तावमा छलफल भयो: सांसद खान

एसीपी संवाददाता

२८ श्रावण २०८१, सोमबार १६:५२ मा प्रकाशित

काठमान्डौं स्थित भारतीय दुतावास द्वारा आयोजित गरिएको रात्री भोज कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान ज्युको उपस्थिती रहेको थियो।
भोज कार्यक्रम काठमान्डौको दरबारमार्ग स्थित यक एण्ड यति होटलम आयोजीत गरिएको थियो। कार्यक्रममा विभिन्न दलका नेताहरुको पनि उपस्थिती रहेको थियो। यस कार्यक्रममा भारत सरकारको विदेश सचिव विक्रम मिश्री ,  भारतीय राजदुत महामहिम  नविन श्रीवास्तवको प्रमुख व्यक्तित्वको रूपमा उपस्थिति रहेको थियो। यसै कार्यक्रममा बर्दिया जिल्लाकाे निर्वाचन क्षेत्र नं -१ का संघीय संसद माननीय अब्दुल_खान बर्दिया जिल्लाकाे केही समस्यालाई दुबै व्यक्ति समक्ष पेश गर्नु भयो।
सन् २००९ मा तत्कालीन प्रधानमन्त्री माननीय माधव कुमार नेपाल र भारतका प्रधानमन्त्री मनमोहन सिंह बीच नेपाल र भारतको बिचको ५ वाटा नाका खोल्ने समझौता भएको थियो। जस मध्य ४ वटा नाका खोलियो तर बर्दिया जिल्लाको नाका खोलिएन। त्यसै संदर्भमा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खानले बर्दिया जिल्लाकाे नाका खोल्ने प्रस्ताव भारतीय विदेश सचिव र राजदुत समक्ष राखी छलफल गर्नु भयो। उक्त छलफलमा बर्दिया जिल्लाको सीमा छिटै खोल्नु पर्छ भनी विदेश सचिवले प्रतिबद्धता जाहिर गर्नुभयो साथै भारतीय राजदुत महामहिम नविन श्रीवास्तव यस समस्यालाई विशेष रूपमा प्राथमिकता दिनु पर्छ र महामहिम राजदुतले यस विषयमा पुन:छलफल गरी समस्या समाधान गर्नुपर्छ भन्नु भयो। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x