२ श्रावण २०८३, शनिबार

हजमा खर्च भई बचेको रकम फिर्ता हुन्छ:- सदस्य मिर्जा

एसीपी संवाददाता

२९ श्रावण २०८१, मंगलवार १७:०९ मा प्रकाशित

काठमाडौँ । नेपाल हज समितिले हजका क्रममा खर्च भई बचेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्ने भएको छ ।
हज समितिले आज एक सूचना प्रकाशित गर्दै उक्त रकम फिर्ता गर्न लागिएको सदस्य मिर्जा रासिदले बताउनुभएको छ।

सन् २०२४ को हजमा नेपालबाट जाने यात्रुहरूबाट नेपाल हज समितिले प्रति व्यक्ति रू चार लाख १५ हजार सङ्कलन गरेकोमा प्रति व्यक्ति रू ३ लाख ९१ हजार ५९३ मात्र खर्च भएकोले २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्न लागिएको हो ।

हजमा सहभागी सबै हाजीहरूले आफ्नो बैंक खाताको विवरणसहित आवेदकको सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा एक महिना भित्र आफ्नो विवरण अद्यावधिक गर्न समितिले अनुरोध गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x