२ श्रावण २०८३, शनिबार

रक्षा बन्धन कुटनीतिको निरन्तरता, ‘राखी’को छेको पारेर किन भारत जाँदैछिन् परराष्ट्रमन्त्री राणा?

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १४:३७ मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री तथा सरकारकी परराष्ट्रमन्त्री आरजु राणा देउवा भदौ २ गते भारतको नयाँ दिल्ली जाने तय भएको छ।

भारतीय विदेश सचिव बिक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नरेन्द्र मोदीले पठाएको औपचारिक भ्रमणको निम्तो दिएपछि त्यसको मेसो मिलाउन राणा जान लागेको बताइएको छ।

तर रक्षा बन्धन कुटनीतिको थालनी गरेकी आरजु नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट्न पाउँछिन् या पाउँदिनन् भन्नेचाहिँ अहिलेसम्म खुलेको छैन।

यद्यपि उनको रक्षा बन्धन कुटनीतिको निरन्तरताचाहिँ हुने लगभग पक्का छ। किनभने भदौ ३ गते रक्षा बन्धनको दिन हो। उनले भारतीय संस्थापन भाजपाका विदेश विभाग प्रमुख रहेका विजय चौथाइबालेलाई राखी बाँधेकी थिइन्।

दिदी बहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन रही आएको छ। कांग्रे सभापति शेरबहादुर देउवा पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘राखी कूटनीति’ सुरु गरेकी थिइन्। त्यसबेला देउवा प्रधानमन्त्री थिए।

raakhi-aarju-bjp-1723783652.jpg
राजघराना तथा अरु उच्च घरानामा आवश्यकता अनुसार मुलुकको वा निजी स्वार्थका लागि छिमेकमा विवाहवारी कूटनीति पुरानो परम्परा हो।

चौथाइवालेको नेपाल यात्रा राखी प्रयोजनका लागि थियो या संयोग मात्र हो भन्ने खुल्न सकेको थिएन। तर यहि छेको पारेर आरजुको भारत भ्रमणले यसको निरन्तरता पाउने निश्चित देखिएको छ।

उच्च स्रोतका अनुसार यस्तो संयोग पर्दा राम्रो भए पनि परराष्ट्रमन्त्री आरजु प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका तयका लागि नै त्यहाँका उच्च पदस्तसँगको भेटवार्तामा हुनेछिन्।

सो क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गर्नेछिन्। उनलाई भारतीय विदेश सचिव मिस्रीलगायत भाजपाका नेपाल मामिला हेर्ने प्रतिनिधि मण्डलले भेट गर्ने बताइन्छ। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x