२ श्रावण २०८३, शनिबार

सञ्चार माध्याममा बोल्दा पनि डर लाग्छ : गगन थापा

एसीपी संवाददाता

३२ श्रावण २०८१, शुक्रबार १९:४९ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चार माध्यामहरुले सही सूचना दिन नसकेको टिप्पणी गर्नुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

महामन्त्री थापाले सञ्चार माध्यामहरुले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिँदा पनि डर लाग्ने गरेको गुनासो गर्नुभयो । आजभोली कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उहाँले १० मिनेट बोलेको दर्शकसम्म दश सेकेण्डको मात्रै हुने हुँदा त्यसले आफ्नो भनाईको भाव बोक्न नसक्ने उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताउनुभयो । उहाँले राजनीतिक भन्दा फरक विषयको खोजी गर्नसके सञ्चार माध्यामहरुको बजार थप हुने दाबी समेत गर्नुभयो ।

महामन्त्री थापाले सञ्चार माध्यामहरुले नयाँ नयाँ सृजनाको खोजी गर्नुपर्ने बताउनुभयो । ईमेजखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x