२ श्रावण २०८३, शनिबार

नेपाल थारु संघमा बजारु थारु अध्यक्ष

एसीपी संवाददाता

१ भाद्र २०८१, शनिबार ०९:५८ मा प्रकाशित

नेपालगञ्ज । नेपाली काँग्रेसको सबैभन्दा कान्छो भ्रातृ संगठन नेपाल थारु संघ बाँकेको प्रथम भेलाले बजारु थारुको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ । नेपाल थारु संघ केन्द्रीय कार्यसमितिको आयोजनामा आज कोहलपुरमा भएको भेलाले थारुको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको हो । फुलाराम थारुको अध्यक्षता एवम् नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आथित्यतामा भेला भएको हो ।

भेलालाई सम्वोधन गर्दै पार्टी सभापति गौडेलले नेपाली काँग्रेसलाई यो स्थानसम्म ल्याउन थारु समुदायको भूमिका अहम् रहेको बताए । उनले भ्रातृ संगठन चलायमान बने पार्टी पनि बलियो हुने बताए । उनले बाँके काँग्रेस अहिले संगठन सुदृढिकरणको अभियानमा समेत रहेकाले नेपाल थारु संघले पनि थारुहरुलाई काँग्रेसमा गोलबद्ध गर्दै पार्टीलाई बलियो बनाउने अभियान थाल्न निर्देशन समेत दिए । पार्टी सचिव सञ्जु थारुले काँग्रेसलाई बलियो बनाउने गरी संघले कार्यक्रमहरु अगाडि बढाउनुपर्ने सुझाव दिइन् । उनले तदर्थ समितिलाई तत्काल पूर्णता दिन पनि आग्रह गरिन् । उनले नेपालको राजनीतिक आन्दोलनमा थारु समुदायको भूमिका महत्वपूर्ण भएको बताइन् । उनले नेपाली काँग्रेसले नेतृत्व तहमा थारु सहभागिता सुनिश्चित गरेकाले काँग्रेसले मात्रै थारु समुदायको मुद्दालाई सही ढंगबाट व्यवस्थापन गर्ने बताइन् ।

भेलालाई काँग्रेस लुम्विनी प्रदेश सदस्य टेक नारायण भुसाल, पार्टी सहसचिव विनोद थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, पूर्व पार्टी उपसभापति लाहुराम थारु, महासमिति सदस्यद्वय चिन्तामणि धिताल, लुट बहादुर केसी, नेपाल थारु संघका केन्द्रीय सदस्य भावन थारु, पवन कुमार थारु, काँग्रेस क्षेत्र नं. १ प्रदेश (ख) का सभापति बलराम शर्मा, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा सिंह थारु लगायतले सम्वोधन गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x