२ श्रावण २०८३, शनिबार

परराष्ट्र सम्बन्धमा सुधार गर्न अनुकुल अवसर : पूर्वराजदुत उपाध्याय

एसीपी संवाददाता

२ भाद्र २०८१, आईतवार ११:२७ मा प्रकाशित

काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न अनुकुल सरकार भएको टिप्पणी गर्नुभएको छ ।

नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधारका लागि दुवै देशमा अनुकुलको सरकार बनेको बताउनुभयो ।

न्युज एजेन्सी नेपालसँग काठमाडौंमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा. राणा इमान्दारिताका साथ प्रयास गर्नुभए सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताउनुभयो ।

नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको पूर्वराजदुत उपाध्यायले बताउनुभयो । उहाँले समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउन सके धेरै काम गर्न सकिने बताउनु भयो ।

पूर्वराजदुत उपाध्यायले कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिनुभयो । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताउनुभयो ।

सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिनुभयो । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको बताउनुभयो । ईमेज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x