२ श्रावण २०८३, शनिबार

देउवा-माेदी भेटघाट , विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार ०६:०५ मा प्रकाशित

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग विकासको साझेदारीमा निरन्तर गति दिनका लागि तत्पर रहेको बताएका छन्। भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँग सोमबार साँझ भएको भेटपछि प्रधानमन्त्री मोदीले यस्तो बताएका छन्।
उनले भारत र नेपालबीच सभ्यताको घनिष्ठ सम्बन्ध रहेको समेत उल्लेख गरेका छन्।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध र प्रगतिशील तथा बहुआयामिक साझेदारी छ। हाम्रो विकास साझेदारीमा निरन्तर गतिका लागि तत्पर छौँ।’

परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा आफूलाई खुशी लागेको मोदीले उल्लेख गरेका छन्।

राणा भारतीय विदेशमन्त्री एस जयंशकरको निमन्त्रणमा ६ दिने औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन्। प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्नुअघि उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल भएको हो । परराष्ट्रमन्त्री राणाको ६ भाद्रमा स्वदेश फर्किने कार्यक्रम रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x