२ श्रावण २०८३, शनिबार

परराष्ट्रमन्त्री देउवाको भारतका प्रधानमन्त्री मोदी संग भेट्वार्ता

एसीपी संवाददाता

४ भाद्र २०८१, मंगलवार ११:११ मा प्रकाशित

भारतका बिदेश मन्त्री डाक्टर एस.जय शंकर संग भेट्

लक्ष्मी चौधरी ।  नयाँ दिल्ली – नेपाल सरकारमा  परराष्ट्रमन्त्री रहनु भएको आरजु देउवा राणाले भारतका प्रधानमन्त्री  नरेन्द्र मोदी सङ भेट्रवार्ता गर्नु भएको छ । नेपाल भारत सम्बन्ध थप बल पुग्ने गरि नयाँ सम्झौता बारेमा चर्चा भएको हो । नेपालमा हुने आर्थिक वृद्धि , ब्यवसायमा भारतको अतुलनीय सहयोग रहदै आएको छ ।  परराष्ट्रमन्त्रीले सोमबार  नयाँ दिल्लीमा शिष्टाचार भेट गर्नु भएको हो । यस भेटवार्ताका क्रममा नेपाल भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी गर्नु भएको छ  । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा रहेको परराष्ट्रमन्त्री राणाले बताउनु भयो   ।  साथै भारतीय विदेशमन्त्री  एस. जयशङ्करसँग पनि नयाँ दिल्लीमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय हित, नेपाल भारत सम्बन्धका विविध पक्षका साथै आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियोे ।  यस भ्रमणबाट सदियौँ पुरानो नेपाल भारत सम्बन्ध थप बलियो बन्ने अपेक्षा गरेको परराष्ट्रमन्त्रीले देउवा बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x