२ श्रावण २०८३, शनिबार

मधेश प्रदेशमा गृहमन्त्री रमेश लेखक जादै

एसीपी संवाददाता

६ भाद्र २०८१, बिहीबार ०८:४५ मा प्रकाशित

नेपाल सरकारको गृहमन्त्री रमेश लेखक  विहिवार विहानै मधेश प्रदेशको राजधानी जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।
गृहमन्त्री लेखकको धनुषा र सिरहा जिल्लाको विभिन्न स्थानहरुमा भ्रमण गर्ने पूर्व निर्धारित कार्यक्रम अनुसार भोली विहान ८.१० बजे जनकपुरधाम विमानस्थलमा आउनु हुने बताइएको हो ।
भ्रमणको क्रममा स्व. प्रदीप गिरीको दोश्रो बार्षिकी कार्यक्रममा सहभागी हुने, जिल्ला सुरक्षा समिति सिरहाका पदाधिकारीहरु संग अन्तरक्रिया गरी निर्देशन दिइनेछ । सिहारबाट गृहमन्त्री लेखक जनकपुरधाम फर्केर रात्री विश्राम गरिने नेपाली काँग्रेस मधेश प्रदेश सूचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश गुप्ताले बताए ।
भदौं ७ गते शुक्रबार विहान गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय धनुषाको भवन शिलान्यास गर्नुको साथै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु संग छलफल एवं अन्तरक्रिया कार्यक्रम गरिने उनले भने ।
सोही समयमा नेपाली काँग्रेसका पदाधिकारीहरु संग पनि वृहत छलफल गरेर मधेश प्रदेशमा नेपाली काँग्रेसलाई जनताको विश्वास जित्ने रणनीतिहरु तय गरिने समेत प्रचार प्रसार विभाग प्रमुख गुप्ताले जानकारी दिए ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x