२ श्रावण २०८३, शनिबार

नेपाल प्रहरीसँग ३ देशले मागे सहयोग, इन्टरपोलको सम्मेलन हुने

एसीपी संवाददाता

६ भाद्र २०८१, बिहीबार ०९:२४ मा प्रकाशित

काठमाडौं: तीन देशले इन्टरपोलको कार्यकारी कमिटी निर्वाचनका लागि नेपालको सहयोग मागेका छन्। उनीहरूले नेपाल प्रहरीसँग सहयोग मागेका हुन्। तीनमध्ये दुर्ई देश चीन र भारत हुन् भने अर्कोमा कतार रहेको छ। अन्य मुलुकका प्रहरीले पनि उम्मेदवारी दिने सम्भावना छ।

आउँदो नोभेम्बरमा बेलायतको ग्लास्गोमा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठनको सम्मेलनले १३ सदस्यीय कार्यकारी कमिटी गोप्य मतदानका आधारमा चयन गर्नेछ। कमिटीमा एशियाबाट ३ देश, युरोपका ४, अमेरिका ३ र अफ्रिका महादेशबाट ३ जना निर्वाचित हुनेछन्।

उक्त कमिटीको कार्यकाल चार वर्षको हुनेछ। इन्टरपोलको हेडअफिस फ्रान्सको लियोनमा छ भने यसको सदस्यता १९६ मुलुकले लिएका छन्। नेपाल सरकारले भने संयुक्त राष्ट्रसंघमार्फत इन्टरपोलका निम्ति वार्षिक ०.०३ खर्च उपलब्ध गराउँदै आएको छ जुन युरो १८ देखि २० हजारसम्म हुने गर्छ। संस्थाले अन्तर्राष्ट्रिय कानुन, क्रस बोर्डर, अन्तर्राष्ट्रिय अपराध तथा आतंकवाद नियन्त्रणका निम्ति तालिम दिने गर्छ। साथै, नेपाल प्रहरीलाई अपराधी सुपुर्दगी गर्नेदेखि विभिन्न तालिममा सहयोग गर्दै आएको छ।

अहिले संयुक्त राष्ट्रसंघमा सशस्त्रबाट एक र नेपाल प्रहरीको दुर्ई जना गरी तीन जना सल्लाहकारका रूपमा कार्यरत छन्। प्रहरीका एसपी अमरेन्द्र सिंह र डिएसपी शर्मिला गुरुङ हुन्। महेन्द्रनगरपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x