२ श्रावण २०८३, शनिबार

जामा मस्जिद नेपालगन्जमा उपमहानगरपालिका भन्दा गाउँ पालिका सदस्य बढी किन ?

शाहिदा वानो शाह

६ भाद्र २०८१, बिहीबार १२:५३ मा प्रकाशित<

बाँके नेपालगन्ज – नेपालगंज जामा मश्जिदको साधारण सभा गर्नका लागि रु. ५१ (एकाउन्न) प्रतिव्यक्ति सदस्यता शुल्क तोकेकोछ । यो जामा मश्जिदको कार्य समिति विभिन्न खाले विवादका कारण भंग गरियो । नंया कार्य समिति सदस्य चयन गर्नका लागि तदर्थ समितिले यो आह्वान गरेको छ ।

मलाई लाग्छ यो भन्दा पछिल्ला कार्य समितिले दक्षता, योग्यता र इमान्दारिताका साथ काम गर्न नसकेको कारण नै विवाद भइ समिति भंग गरी नंया कार्य समिति गठन गर्न आवश्यक ठानिएको हो ।

यदि यतिका तामझाम र नंया सदस्यता वितरण पश्चात पनि तिनै व्यक्ति कार्य समितिमा चयन भइ आउनेछन् जो जो यो भन्दा अघिका समितिका पदाधिकारी र सदस्य थिए भने यो सब नाटक र नौटंकी मात्र हो भनी बुझ्नुहोला ।

किनकि यो भन्दा पहिला पनि सदस्यता शुल्क उठाई सदस्यता वितरण गरियो त्यो रकम कहाँ छ ? जसमा सदस्यता वितरणमा खोई के कारण थियो होला कि नेपालगंज नगरपालिका भन्दा गांउपालिकाका व्यक्तिले बढी सदस्यता लिएका थिए । तर पछि सब टांयटांय फिस्स ।

यसर्थ जामा मश्जिदको संरक्षण सर्वद्धन र व्यवस्थापन कार्य व्यवस्थित तरिकाले चलाउने हो भने नंया, इमान्दार र पांच वक्तका नमाजी व्यक्ति छनौट गर्नु होला । मश्जिद मदरसालाई राजनैतिक अखाडा बनाउनु हुदैन् सो राजनीतिक व्यक्ति र बेनमाजीहरुलाई चयन न गर्दिनुहोला ।

होईन् भने अल्लाहले कयामतका दिन बेनमाजी, बेइमान, अयोग्य असक्षम व्यक्ति छनौट गर्नेहरुसंग प्रश्न अवश्य गर्ने हुन् । अनि अल्लाह रब्बुल इज्जतको सामु जवाफ दिनलाई शिर न निहुराउन परोस् भनी विचार गर्नुहोला ।

3 2 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x