जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति को उदघाटन समारोह सप्पन्न
बाँके नेपालगन्ज मा आज शुक्रवार जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लब लाठी समिति को उदघाटन समारोह सप्पन्न भएको छ ।
मध्य तथा सुदुरपस्चिम को मुख्य केन्द्र रहेको बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हरेक बर्ष दुर्गा पुजा विशेष हुने गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका ६ फ़ुल्टेक्रमा जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट क्लबले आफ्नो प्रशिक्षण कार्यक्रम शुरु गरेको हो । लठ्ठी खेलाउने परम्पराले हरेक बर्ष झै यश बर्ष पनि नवरात्रिमा मूर्ति विसर्जनका दिन नेपालगंज नगरपरिक्रमा गरी चौक चौकमा लठ्ठी खेलाउने र प्रदर्शन गर्ने क्लबका अध्यक्ष प्रवेश सिंहले जानकारी दिनुभयो ।
यसको मुख्य प्रशिक्षक गुरु अनिल वैश , अध्यक्ष प्रवेश सिंह , सदस्य अर्जुन जयसवाल , शिवम गुप्ता , उत्तम वैश , ललित सोनी , राहुल सोनी , बिनोद प्रजापति लगायत सम्पूर्ण नेपालगन्जका हिन्दू संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।




