स्वर्गीय अच्युत प्रसाद प्रसाईको स्मृतिमा दीप प्रज्वलन ।
-अमन अन्सारी, भेरी एफएम ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्ज बाँकेका संस्थापक अध्यक्ष स्वर्गीय अच्युत प्रसाद प्रसाईंको १३औं पुण्य तिथिमा आज नेपालगञ्ज उपमहानगरपालिकाको वि.पी. चौकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।
नेपालगञ्जको वि.पी. चौकमा प्रसाईंको १३औं पुण्य तिथिमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र तथा प्रजातान्त्रिक उधाेगी व्यवसायी संघ बाँकेले एक मिनेट माैन धारण तथा दीप प्रज्वलन गरी उहाँको चिर शान्तिको कामना र स्मरण गरिएको हो ।
दीप प्रज्वलन कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशी, प्रजातान्त्रिक उधाेगी व्यवसायी संघ बाँकेका अध्यक्ष सञ्जय थापा, नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गाैडेल, उपसभापति गाेपाल अधिकारी, सचिव सुधान्सु काेईराला, कोषाध्यक्ष यज्ञ बस्नेत, प्रवक्ता डिल्ली गिरी, उधाेग वाणिज्य संघ नेपालगञ्जका अध्यक्ष टंक धामी, निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सूरी, पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, पत्रकारहरु जयनारायण शाह, मधु पाैडेल, दिनेश ठाकुर, व्यपारीहरु प्रदीप गुप्ता, कमल कार्की, धुव्र वैश्य, मख्खन धामी, विष्णुप्रसाद श्रेष्ठ, शिवप्रसाद दाहाल, राम प्यारे वर्मा लगायत उधाेगी व्यपारी, समाजसेवीहरुकाे उपस्थिति रहेको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपालगञ्ज बाँकेका संस्थापक अध्यक्ष, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य स्वर्गिय प्रसाईं व्यापारीका अतिरिक्त सामाजिक अभियन्ताका रुपमा परिचित थिए ।
स्वर्गिय प्रसाईंको उपचारका क्रममा ललितपुरको मेडीसीटि अस्पतालमा यही साउन २८ गते निधन भएको थियो ।



