२ श्रावण २०८३, शनिबार

सुनकोशी नदीमा हाइलक्स गाडी खसेर तिन जना वेपत्ता

एसीपी संवाददाता

९ भाद्र २०८१, आईतवार ०९:२६ मा प्रकाशित

सिन्धुली जिल्लाको गोलोन्जोर गाउपालिका स्थित सुनकोशी नदीमा हाइलक्स गाडी खसेर तिन जना वेपत्ता भएको छ ।
खोटाङबाट काठमाडौं तर्फ जाँदै गरेको हाइलक्स सवार मध्ये एक जना हाम फालेर बाँच्न सफल भएको छ भने अन्य तिन जना वेपत्ता भएको हो ।
सुनकोशी हाइलक्स गाडी खसेको स्थानमा सुरक्षा निकायको गोताखोर टोली परिचालन गरिएको गाडी पनि पत्ता लागिसेको बताइएको छ । नदीमा खसेको गाडी निकाल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुली श्रोतबाट बुझिएको हो ।
सुर्यबिनायक नगरपालिका स्थित जगातेमा बस्ने २७ वर्षीय सुशान्त कक्षपति हाम्फालेर बाँच्न सफल भए ।  कक्षपतिको टाउको र पातामा चोट लागेको छ ।
उनले दिएको सूचना अनुसार बेपत्ता हुनेमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बाके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षका बलाम घटुवा छन् । गाडी अबिन बाकेले चलाएका बुझिन आएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x