२ श्रावण २०८३, शनिबार

नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटना

एसीपी संवाददाता

९ भाद्र २०८१, आईतवार ०९:४३ मा प्रकाशित

नारायणगढ-मुग्लिन सडकखण्डको घुमाउनेमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सु प्र प्र ०२ ००१ ख १३३२ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस अनियन्त्रित भएर दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिएका छन् ।

अहिले उद्धार भइरहेको छ । घाइते १०-१२ जनालाई उपचारका लागि भरतपुर पठाइएको उनले बताए । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।

दुर्घटनाको थप विवरण भने आइसकेको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x