२ श्रावण २०८३, शनिबार

तितो सत्य ।

एसीपी संवाददाता

९ भाद्र २०८१, आईतवार १०:३३ मा प्रकाशित

बिनोद थारु  । मेरो राजनीतिक र समाजिक यात्रा २३ बर्षको सिकाई संगै सिक्ने क्रम जारी छ। यसकारण पदलाई अवसर होइन, जिम्मेवारी ठान्ने त्यसलाई कसरी प्रश्नमा पूरा गर्न सकिन्छ भन्ने चिन्तामा रहिरहन्छ । प्रणालीमाथि कसैले औंला ठड्याउन नसक्ने गरी जिम्मेवारी बोध छ। आत्माले स्वीकृति नदिएका कुरा गर्न पनि गरिन्न गरिने पनि होईन । आफुले गरिएका निर्णयबाट प्रायश्चित बोध गर्नुपर्ने अवस्थामा पुगिदैन। आफ्ना कामको बजारीकरण गर्न मेरो फुर्सद पनि छैन । नीति, निष्ठा र व्यावसायिकता मेरो सर्वस्व हो, सदाचारिता मेरो आचरण हो । यसकारण नैतिकता र भ्रष्टाचारीको विरुद्धमा मत जाहेर गर्न म संग जुनुन छ। त्यसैले मेरो सामु नीति, निष्ठा र सदाचार नभएका ब्यक्ति नजर जुधाउन सोच्नु पर्छ ।

पद र जिम्मेवारी वृत्तिभोग र जागिरे भावनाभन्दा माथि हुन्छ। संस्थाको नेतृत्व गर्ने, संस्थाका मूल्यको बिम्बका रूपमा रहने र सामूहिक भावनाको प्रतिनिधित्व गर्ने गर्दछ । प्रणालीको परिवर्तन र परिष्कार मेरो दायित्व हो । प्रणालीलाई निरन्तर प्रजननशील बनाउने गर्भित दायित्व पूरा गर्दछ। परिवर्तन र सुधारको अभिकर्ता आफंै बनाउने र आफै उदाहरण बन्ने हो । सुधार र परिवर्तन संगठनभरि क्यास्केडिङ गर्दछन् तर लाडेर होइन, विश्वास र सम्मतिले । जसको परिणाम उपलब्धिको विस्तार हुन्छ, संगठन र ओहोदा दुवैको उचाइ थपिँदै जान्छ । मेरो ‘पद र जिम्मेवार मित्रको व्यवहार गर्दैन। मेरो पद र जिम्मेवारी ब्यक्तिको अचारण संग संगत गर्ने हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x