राष्ट्रीय सनातनी संघ केन्द्रीय अध्यक्ष आचार्य-कथा वाचक श्रीनिवासाचार्य महाराजको जन्मोत्सव सम्पन्न
नेपालगन्ज – आज आईतवार राष्ट्रीय सनातनी संघ केन्द्रीय अध्यक्ष आचार्य-कथा वाचक श्री श्रीनिवासाचार्य जी महाराजको जन्मोत्सवमा तिरुपती बालाजी मन्दिर ‘धाम’ समिती नेपालगन्ज, बाँकेले आयोजना गरेको जन्मोत्सव कार्यक्रम सम्पन्न । नेपालगन्ज, बाँके टाङ्गा स्टेन नाजिक रहेको कुन्नुराम काशीराम पञ्चायती धर्मशालामा कार्यक्रम सम्पन्न भयेको छ । आचार्य-कथा वाचक श्री श्रीनिवास जी महाराजले आफ्नो जन्मोत्सवमा नेपाल हिन्दु राष्ट्र बनाउने प्रतिबद्वता गर्नुभयेको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष , राष्ट्रीय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य नन्दलाल वैश , नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष समीर प्रताप सिंह , तिरुपती बालाजी मन्दिर ‘धाम’ समिती नेपालगन्ज, बाँकेका अध्यक्ष बुद्धि सागर सूबेधी , राष्ट्रीय सन्तानी सांघ बाँकेका संयोजक सौरब वर्मा , महाकाल युवा समूहका काठमाण्डूका अध्यक्ष लीला नाथ भण्डारी , सचिव मनीष बिक लगायत सम्पूर्ण नेपालगन्जका हिन्दू संघ संस्था हरु को उपस्थिति रहेको थियो । सबै जनाले महाराज लाई जन्मोत्सव को शुभकामना पनी दिएका हुन ।




