२ श्रावण २०८३, शनिबार

जापानमा चिनियाँ विमानको घुसपैठ

एसीपी संवाददाता

११ भाद्र २०८१, मंगलवार २२:३४ मा प्रकाशित

काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो ।  चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ ।

चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो । जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ ।

साथै जापानले यस घटनाको विरोध गर्दै  चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो ।

तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन ।  जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेको छ । यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x