महिला माथीको अन्याय बारे बिश्व समुदायको चासो
इस्लामाबाद । संयुक्त राष्ट्र संघले तालिबान लगायत अफगानिस्तानका सबै सरोकारवालाहरूसँग सम्पर्क गरि रहेको छ । यसका शासकहरूले महिलाहरूलाई सार्वजनिक रूपमा बोल्न र अनुहार छोप्न प्रतिबन्ध लगाए पनि छ्न । न्यूयोर्कमा संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिशन (UNAMA) र यसका प्रमुख रोजा ओटुनबायेभाको बचाउ गर्दै नयाँ कानूनले अफगानिस्तानको भविष्यको लागि ‘दु:खद दृष्टिकोण’ प्रस्तुत गरेको बताए।
रोजाले गत हप्ता भनेकी थिइन् कि नयाँ कानूनले महिला र केटीहरूको अधिकारमा “पहिले नै असहनीय प्रतिबन्धहरू” बढाएको छ, र घर बाहिर “महिलाको आवाज” लाई पनि नैतिक उल्लङ्घन मानिन्छ।
तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेपछि यी कानूनहरू लागू गरिएको थियो। सन् २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले ‘सद्गुणको प्रवर्द्धन र दुर्गुणको रोकथाम’का लागि मन्त्रालय स्थापना गरेको थियो। उनी भन्छन् कि यी कानूनहरू शरिया कानूनको उनको व्याख्यामा आधारित छन्।



