१ श्रावण २०८३, शुक्रबार

अवरुद्ध राजमार्ग खुलाउन सेनाको प्राविधिकसहितको टोली खटियो, दशैंमा यात्रा गराउने लक्ष्य

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १०:५५ मा प्रकाशित

दशैंमा काठमाडौंबाट विभिन्न जिल्लाका गन्तब्यमा जाने यात्रुको सहजताका लागि नेपाली सेनाको प्राविधिकसहितको समूह राजमार्ग खुलाउने अध्ययन र प्रतिकार्यमा खटिएको छ।

बीपी राजमार्गमा पहिरोका कारण बगाएको कम्तिमा १० देखि १२ किलोमिटर खण्डमा वैकल्पिक व्यवस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाली सेनाका प्राविधिकसहितको टोली खटिएको छ।

त्यसका लागि बुधबार भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा चार जना प्राविधिकको टोलीले सेनाको हेलिकोप्टरमार्फत प्रभावित स्थानको निरीक्षण गरेको बताइएको छ।

बीपी राजमार्गमा अबरुद्ध बाटो खुलाउने विषयमा बुधबार रक्षामन्त्री मानविर राई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालबीच छलफल भएको थियो।

उच्च स्रोतका अनुसार दुईतर्फी बाटो तत्काल खुलाउन नसके पनि ट्रयाक खोलेरै भए पनि विकल्प दिनेगरी अध्ययन भइरहेको छ। द्रुत गतिमा भत्किएका सडकलाई सम्याएर दशैं यात्रा गराउने तयारी चलेको छ।

वीपी राजमार्ग हुँदै मधेस, कोशी प्रदेश तथा चितवनसम्मको यात्रा सहज बनाउने तयारी छ। यता पृथ्वी राजमार्गलाई पनि सहज बनाउनेगरी तयारी चलिरहेको यातायात मन्त्रालका अधिकारीले क्यानडा नेपाललाई जानकारी दिए। सीएननेपाल

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x